म्याग्दी : म्याग्दीमा मह सिकार सुरु भएको छ । धवलागिरि, अन्नपूर्ण र रघुगङ्गा गाउँपालिकाको लेकाली क्षेत्रका भीरबाट मह निकाल्न थालिएको हो । धवलागिरी गाउँपालिका–२ खोरीयाका महसिकारी मोतिप्रसाद पाइजाले शुक्रबारदेखि मह शिकार थालिएको जानकारी दिए ।
खोरीया नजिकैको महभिरमा रहेका दुई वटा घारमा शुक्रबार महशिकार गरेको पाइजाको टोलीले अन्य पहरामा पनि महशिकारलाई निरन्तरता दिने उनले बताए । १५ जनाको टोलीले महभिरबाट करिब ७० लिटर मह निकालेको छ ।
भिरमह खाँदा जति स्वादिलो र रसिलो हुन्छ यसलाई निकाल्न भने अत्यन्तै जोखिम मोल्नुपर्ने हुन्छ । भीरमा भीरमौरीले लगाएका गोला काट्नका लागि महसिकारी डोरी (पराङ)मा झुन्डिएर मह सिकार गर्ने गर्दछन् ।
मुख्य सिकारीले हतियार प्रयोग गरी निकालेको महको भाँडालाई डोरीको सहायताले भुइँसम्म ल्याउने गरिन्छ । स्वादिलो, स्वास्थ्यका लागि हितकर र शक्तिवद्र्धक हुनाका साथै धार्मिककार्यका लागि पनि प्रयोग हुने उपभोक्ताको अनुभव छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij