Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

महान्यायाधिवक्ता सविता भण्डारीको राजीनामा स्वीकृत

महान्यायाधिवक्ता सविता भण्डारीको राजीनामा स्वीकृत

काठमाडौँ :  महान्यायाधिवक्ता सविता भण्डारीले दिएको राजीनामा मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो । 

भण्डारीले आज मात्रै पदबाट राजीनामा दिएकी थिइन् । महान्यायाधिवक्ता भण्डारीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई भेटेर राजीनामा बुझाएकी हुन् । 

भण्डारीलाई अघिल्लो अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले भदौ २९ गते महान्यायाधिवक्तामा नियुक्त गरेकी थिइन् । नवनियुक्त प्रधानमन्त्री शाहले शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलबाट नियुक्ति र शपथ लिएका थिए।नयाँ प्रधानमन्त्री आएको र आफूलाई नियुक्त गर्ने प्रधानमन्त्री सरकारबाट बाहिरिएपछि भण्डारीले पदबाट राजीनामा दिएकी हुन् । भण्डारी नेपालको पहिलो महिला महान्यायाधिवक्ता बनेकी थिइन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट