Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

गगनको राजीनामाबारे दीपकराजको कटाक्ष : अग्रजहरूले कहिल्यै नगरेको काम किन गर्नुपर्‍यो ?

गगनको राजीनामाबारे दीपकराजको कटाक्ष : अग्रजहरूले कहिल्यै नगरेको काम किन गर्नुपर्‍यो ?

काठमाडौँ : निर्वाचनमा पराजित भएपछि नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको पदबाट राजीनामा दिएका छन् । यो विषयलाई लिएर विभिन्न बहस सुरु भएको छ । सोही क्रममा कलाकार दीपकराज गिरीले यस विषयलाई लिएर राजनीतिका पुराना नेताहरू प्रति व्यङ्ग्य गरेका छन् । पुराना पुस्ताका नेताहरू सत्ता र शक्तिमा टिकिरहने प्रवृत्तिको विरोध गर्दै आएका गिरीले गगन थापाको यो कदमलाई ‘अग्रजहरूले नगरेको नयाँ काम’ भन्दै व्यङ्ग्यात्मक टिप्पणी गरेका छन् ।

उनी लेख्छन्– ‘जाबो चुनाव हारेकै कारणले राजीनामा दिएछन् ! आफ्ना अग्रजहरूले कहिल्यै नगर्‍या काम गर्नुपर्छ त ? शुभप्रभात ।’ नेपालको राजनीतिक इतिहासमा शीर्ष नेताहरूले चुनाव हारे पनि वा चौतर्फी आलोचना हुँदा पनि पदबाट राजीनामा दिने संस्कार निकै कम पाइन्छ । उनले यो स्ट्याटस मार्फत गगन थापाले देखाएको नैतिकतालाई प्रशंसा गरेका छन् भने अर्कोतर्फ हार व्यहोरेर पनि पद नत्याग्ने अन्य नेताहरूलाई व्यङ्ग्यको निशाना बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट