Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा आगामी महाधिवेशनबारे छलफल हुने

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा आगामी महाधिवेशनबारे छलफल हुने

काठमाडौँ : नेपाली कांग्रेसको शुक्रबार बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा आगामी महाधिवेशनबारे छलफल हुने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले बैठकमा आगामी महाधिवेशनबारे छलफल हुनुका साथै निर्वाचनको समीक्षा र आगामी दिनमा पार्टीले अपनाउने रणनीतिबारे छलफल हुने बताए।

बैठक शुक्रबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय वीपी स्मृति भवन ललितपुरमा बस्नेछ । उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवम् प्रदेश सभापतिको सहभागिता रहनेछ। 

Shivam Cement
फागुन २१ गते सम्पन्न निर्वाचनमा कांग्रेसले कमजोर नतिजा ल्याएको थियो। 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट