Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

७२ जना अधिकृत पदमा बढुवा सिफारिस

७२ जना अधिकृत पदमा बढुवा सिफारिस

काठमाडौं : बढुवा समितिको सचिवालयले ७२ जनालाई अधिकृत पदमा बढुवा सिफारिस गरेको छ ।

बढुवा समितिको मंगलबारको निर्णयअनुसार नेपाल विविध सेवा, महिला विकाश अधिकृत (राजपत्रांकित तृतीय श्रेणी) अन्तर्गत एक जना, नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, (राजपत्रांकित तृतीय श्रेणी) अन्तर्गत ५५ जना र नेपाल प्रशासन सेवा, राजस्व समूह, (राजपत्रांकित तृतीय श्रेणी) अन्तर्गत १६ जनालाई अधिकृत पदमा बढुवा सिफारिस गरिएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै रिक्त रहेका अधिकृत पदमा ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा सिफारिस गरिएको जनाएको छ ।

3.png

5.png

6.png

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट