Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

सात महिनामा वाणिज्य बैंकले कमाए ३८ अर्ब, १० बैंकको नाफा घट्यो

सात महिनामा वाणिज्य बैंकले कमाए ३८ अर्ब, १० बैंकको नाफा घट्यो

काठमाडौं : वाणिज्य बैंकहरूले चालु आर्थिक वर्षको पहिलो ७ महिनामा ३८ अर्ब नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार माघ मसान्तसम्म २० वाणिज्य बैंकहरूले ३८ अर्ब १ करोड ६६ लाख रुपैयाँ नाफा कमाएका हुन् ।

यो नाफा बैंकहरूले अघिल्लो वर्षको यही अवधिमा कमाएको नाफाभन्दा ५.४० प्रतिशत कम हो । गत वर्षको माघ मसान्तसम्म ती बैंकहरूले ३८ अर्ब ८ करोड ७९ लाख रुपैयाँ कमाएको नेपाल राष्ट्र बैंकको तथ्यांक छ । समग्र वृद्धिका बाबजुद बैंकहरूको समग्र कार्यसम्पादन भने उतारचढावपूर्ण छ । यस अवधिमा १० वाणिज्य बैंकको नाफा वृद्धि हुँदा बाँकी १० बैंकको नाफा घटेको छ । नाफामा सुधार देखिएका बैंकहरूको ६.६२ प्रतिशतदेखि ३२९ प्रतिशतसम्म नाफा वृद्धि भएको छ भने नाफा घट्ने बैंकहरूको ५.१७ प्रतिशतदेखि ८४.७३ प्रतिशतसम्म नाफा गिरावट भएको छ ।

  • यस्तो छ नाफा आर्जनको अवस्था

चालु आर्थिक वर्षको पहिलो सात महिनाको तथ्यांकलाई आधार मान्दा नबिल बैंक सबैभन्दा धेरै नाफा कमाउन सफल भएको छ। नबिलले यस अवधिमा ५ अर्ब ३८ करोड नाफा कमाएर आफूलाई अग्रस्थानमा राखेको छ। त्यसैगरी, ग्लोबल आईएमई बैंकले पनि उत्कृष्ट प्रदर्शन गर्दै ४ अर्ब १४ करोड नाफा आर्जन गरी दोस्रो स्थान ओगट्न सफल भएको छ। कुमारी बैंकले ३ अर्ब १७ करोड र एभरेष्ट बैंकले २ अर्ब ५० करोड नाफा कमाएका छन्। 

दुई अर्बभन्दा माथि नाफा कमाउने अन्य ठूला बैंकहरूको सूचीमा प्राइम बैंकले २ अर्ब ३९ करोड नेपाल इन्भेष्टमेन्ट बैंक २ अर्ब १९ करोड र एनएमबि बैंकले २ अर्ब १३ करोड नाफा आर्जन गरेका छन्। यसैगरी, दुई अर्बभन्दा कम नाफा कमाउने बैंकहरूको संख्या पनि उल्लेख्य छ। राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ८८ करोड, नेपाल बैंकले १अर्ब ८५ करोड, सानिमा बैंकले १ अर्ब ७३ करोड र सिद्धार्थ बैंकले १ अर्ब ७० करोड नाफा आर्जन गरेका छन् । 

त्यस्तै, स्ट्यान्डर्ड चार्टर्ड बैंकले १ अर्ब ५६ करोड, हिमालयन बैंकले १ अर्ब ३९ करोड, प्रभु बैंकले १ अर्ब ३६ करोड, माछापुच्छ्रे बैंकले १ अर्ब २४ करोड र नेपाल एसबीआई बैंकले १ अर्ब २० करोड नाफा कमाएका छन् ।

एक अर्ब भन्खा कम नाफा कमाउने बैंकहरूमा कृषि विकास बैंक ८५ करोड ९९ लाख, सिटिजन बैंक ५७ करोड ६९ लाख र एनआईसी एशिया बैंक ४४ करोड ३० लाख रहेका छन्। यस अवधिमा सबैभन्दा कम नाफा भने लक्ष्मी बैंकको रहेको छ, जसले जम्मा २४ करोड २७ लाख मात्र नाफा आर्जन गर्न सकेको छ।

  • कसको कति घट्यो, कति बढ्यो ?

बैंकहरूको नाफा वृद्धिको अवस्थालाई हेर्दा कुमारी बैंकले सबैलाई उछिन्दै चामत्कारिक प्रगति गरेको देखिन्छ । अघिल्लो वर्षको तुलनामा कुमारी बैंकको नाफा सबैभन्दा धेरै ३२९.८७ प्रतिशतले बढेको छ । यसपछि सिद्धार्थ बैंकको नाफा पनि झण्डै दोब्बर अर्थात् ९९.५७ प्रतिशतले वृद्धि भएको छ । राष्ट्रिय वाणिज्य बैंकले आफ्नो नाफामा ५२.४६ प्रतिशतको सुधार ल्याएको छ भने नबिल बैंकले ३४.२१ प्रतिशतले नाफा बढाएको छ। 

यसैगरी, माछापुच्छ्रे बैंकको २८.६३ प्रतिशत, सानिमाको २६.२८ प्रतिशत र नेपाल एसबीआई बैंकको १०.६१ प्रतिशतले नाफा बढेको छ । प्राइम ९.८१ प्रतिशत, कृषि विकास बैंक ७.४९ प्रतिशत र ग्लोबल आईएमई ६.६२ प्रतिशत सहित नाफामा सकारात्मक वृद्धि हासिल गर्नर् बैंकको सूचीमा छन् ।  अर्कोतर्फ, १० वटा वाणिज्य बैंकको नाफा अघिल्लो वर्षको तुलनामा खस्किएको छ। नाफा घट्नेमध्ये सबैभन्दा ठूलो गिरावट लक्ष्मी बैंकमा देखिएको छ, जसको नाफा भारी मात्रामा अर्थात् ८४.७३ प्रतिशतले घटेको छ। 

त्यसैगरी, नेपाल इन्भेष्टमेन्ट बैंकको ३६.१८ प्रतिशत र सिटिजन्स बैंकको ३६.०९ प्रतिशतले नाफामा संकुचन आएको छ । प्रभु बैंकको २५.६६ प्रतिशत र नेपाल बैंकको २४.४० प्रतिशतले नाफा ओरालो लागेको छ । नाफा घट्ने अन्य बैंकहरूमा स्ट्यान्डर्ड चार्टर्ड बैंक १५.१५ प्रतिशत, एनएमबि ९.१२ प्रतिशत, हिमालयन ५.१७ प्रतिशत, एनआईसी एशिया ४.६६ प्रतिशत र एभरेष्ट बैंकको २.६६ प्रतिशत गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट