Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

धनुषा १ मा विवादका नेकपाका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र

धनुषा १ मा विवादका नेकपाका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र

 जनकपुरधाम :  धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा निर्वाचन अधिकृतको कार्यालयले नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार मातृकाप्रसाद यादवलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको छ ।राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी शाह कमलको उम्मेदवारी खारेजीले मतगणनाको अन्तिम परिणाम घोषणा विवादमा रहेको बेला मुख्य निर्वाचन अधिकृतको कार्यालयले यादवलाई निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण गरेको हो ।

अन्तिम मतगणना परिणाम अनुसार यादवको १० हजार ४०३ मत परेको थियो । कांग्रेसका रामपल्टन साहको ९ हजार ५०२ र एमालेका रामचन्द्र मण्डलको ९ हजार ३१५ मत गणना भएको थियो ।यी उम्मेदवारहरूभन्दा १३ हजारभन्दा बढी मत घन्टीछापमा परेको थियो । तर रास्वपाका उम्मेदवार साहको उम्मेदवारी खारेजी भएको कारणले उनको परिणाम सार्वजनिक गरिएको छैन ।

गत फागुन १८ गते रासोपाका उम्मेदवार शाहको उम्मेदवारी निर्वाचन आयोगले खारेजी गरेको थियो। साह त्यस विरुद्ध सर्वोच्च अदालतमा रिट दिएका थिए ।सोही रिट पर सुनवाई गर्दै सर्वोच्च अदालतले तत्काल निर्वाचन क्षेत्र नम्बर १ को अन्तिम परिणाम सार्वजनिक नगर्न आदेश दिएको थियो । तर उम्मेदवार खारेजीको अवस्थामा त्यसपछि पछिको आफ्नो पहिलो मत रहेकाले निर्वाचन परिणाम घोषणा गर्न र आफूलाई निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण गर्न नेकपाका उम्मेदवार यादवले दबाब दिएका थिए। आज उनका पार्टीका नेता कार्यकर्ता निर्वाचन अधिकृतको कार्यालय अगाडि धर्ना समेत बसेका थिए।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट