Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

मातृका यादवलाई विजयी घोषणा नगरेकोप्रति नेकपाको आपत्ति

मातृका यादवलाई विजयी घोषणा नगरेकोप्रति नेकपाको आपत्ति

भक्तपुर : नेपाली कम्युनिस्ट पार्टीले मातृका यादवलाई विजयी घोषणा नगरेकोप्रति आपत्ति जनाएको छ । धनुषा–१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका यादवलाई विजयी भएपनि प्रमाणपत्र नदिएको भन्दै नेकपाले आपत्ति जनाएको हो । नेकपाको केन्द्रीय कार्यालयका सचिव गोविन्द आचार्यले आज विज्ञप्ति जारी गर्दै निर्वाचन आयोगले निर्वाचन ऐन बमोजिम राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज गरिसके पनि विजयी उम्मेदवार यादवलाई प्रमाणपत्र नदिनु गम्भीर विषय भएको बताएका छन् ।

सबै उम्मेदवारका प्रतिनिधिहरूको उपस्थितिमा मतगणना भएको र नेकपाका उम्मेदवार यादव विजयी भइसक्दा पनि प्रमाणपत्र दिन आलटाल गर्नुका गम्भिर विषय भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । कानुन सम्मत रूपमा उम्मेदवारी नै खारेज भइसकेको अवस्थामा उम्मेदवार नै नरहेको व्यक्तिसँग सम्बन्धित भनेर प्रमाणपत्र वितरण नगर्नु कानुनसम्मत नदेखिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट