Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

नेपाल आयल निगमद्वारा ग्यास आयात उच्च, निर्वाचनमा अभाव नहुने दाबी

नेपाल आयल निगमद्वारा ग्यास आयात उच्च, निर्वाचनमा अभाव नहुने दाबी

काठमाडौं : आसन्न निर्वाचनलाई मध्यनजर गर्दै नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात उल्लेख्य रूपमा बढाएको जनाएको छ ।

निर्वाचन अवधिमा बजारमा कुनै प्रकारको अभाव नहोस् भन्ने उद्देश्यले भारतीय आपूर्तिकर्ताबाट उच्च दरमा ग्यास लोड भइरहेको निगमले जानकारी दिएको हो । निगमका अनुसार मंगलबार मात्र चालु वर्षकै सबैभन्दा बढी परिमाणमा ग्यास आयात भएको छ। एकै दिन १३८ बुलेट ग्यास लोड गरिएको जनाइएको छ, जुन करिब १ लाख ७३ हजार ८०० सिलिन्डर बराबर हुन आउँछ।

निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले निर्वाचनको समयमा पनि आपूर्ति नियमित रहने स्पष्ट पार्दै उपभोक्तालाई ढुक्क रहन आग्रह गरेका छन्। उनले बजारमा कृत्रिम अभाव सिर्जना गर्ने प्रयास हुन नदिन भण्डारण तथा वितरण प्रणालीलाई चुस्त र प्रभावकारी बनाइएको बताएका छन्। निगमले सीमावर्ती नाकाबाट ग्यास ढुवानीलाई प्राथमिकता दिएको र देशभरका डिपोहरूमा पर्याप्त मौज्दात सुनिश्चित गरिएको जनाएको छ। निर्वाचनजस्ता संवेदनशील समयमा पेट्रोलियम पदार्थको सहज आपूर्ति अत्यन्त महत्वपूर्ण हुने भएकाले निगमले पूर्वतयारी तीव्र बनाएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij