काठमाडौं : बढुवा समितिको सचिवालयले दुई जना शाखा अधिकृतलाई उपसचिव पदमा बढुवा सिफारिस गरेको छ ।
बढुवा समितिको बुधवारको निर्णयअनुसार नेपाल इन्जिनियरिङ सेवा, मेट्रोलोजी समूह, (राजपत्रांकित द्वितीय श्रेणी) अन्तर्गत एक जना, नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह, हाइड्रोलोजी उपसमूह,(राजपत्रांकित द्वितीय श्रेणी) अन्तर्गत एक जना शाखा अधिकृतलाई उपसचिव पदमा बढुवा सिफारिस गरिएको हो ।
सोहि आधारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज एक सूचना जारी गर्दै रिक्त रहेका उपसचिव पदमा कार्यक्षमताको आधारमा बढुवा सिफारिस गरिएको जनाएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij