महोत्तरी : विश्व शान्ति र समृद्ध नेपालको नारासाथ साइकल यात्रा थालेका यात्री मंगलबार महोत्तरीको बर्दिबास आइपुगेका छन् । पूर्वको मेचीबाट पश्चिम महाकालीसम्मको यात्रा गत आइतबारबाट थालेका सात जना साइकल यात्री तेस्रो दिन बर्दिबास आइपुगेका हुन् ।
त्यसमा रविन्द्र बज्राचार्य, सरिता महर्जन, विकास शाक्य, निरु बज्राचार्य, भरत शाक्य र मञ्जु शाक्यको सहभागिता छ। यात्रीले पूर्वपश्चिम राजमार्ग आसपासका पर्यटकीय र धार्मिक महत्वका स्थलको अवलोकन गर्दै १५ दिनभित्र महाकाली पुग्ने लक्ष्य लिएका छन् । बर्दिबास आइपुगेका यात्रीलाई आज बर्दिबास उद्योग वाणिज्य सङ्घका महासचिव उत्तमकुमार श्रेष्ठसहितका उद्योगी व्यवसायीले स्वागत गर्नुभयो । यात्रीहरुको टोली आजै बर्दिबासबाट निजगढ पुग्ने टोली संयोजक महर्जनले बताए। बर्दिबास आइपुगेका यात्रीलाई यहाँका उद्यमी व्यवसायीले झापा, मोरङ्ग, सुनसरी, सप्तरी, सिरहा र धनुषासम्मको यात्रामा देखिएको चुनावी चहलपहलबारे जिज्ञासा राखेका छन् । यात्रा सम्पन्न गरिएका जिल्लामा निर्वाचनको रौनक बढ्दै गएको देखिएको यात्रीले छोटो प्रतिक्रिया व्यक्त गरे ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij