Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

 भरतपुर : चितवन उद्योग संघको ३५ औं वार्षिक साधारणसभामा विभिन्न संस्था र व्यक्ति गरी आधा दर्जनलाई सम्मान तथा पुरस्कृत गरिएको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम र चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरेले संयुक्त रुपमा ती व्यक्ति र संस्थालाई एकसाथ सम्मान र पुरस्कृत गर्नुभएको थियो । सो अवसरमा चितवन उद्योग संघको पालिका समितिहरु मध्येबाट आ.व.०८२/०८३ मा सर्वोत्कृष्ट हुन सफल चितवन उद्योग संघ रत्ननगर समितिका अध्यक्ष सुवासचन्द्र गौतम सहितको कार्यसमितिलाई अवार्ड सहित सम्मानित गरिएको थियो । भने, सोही अवसरमा उद्योग संघमा उत्कृष्ट कार्य गर्दै आएका सञ्चार अधिकृत राजु भट्टलाई वर्ष उत्कृष्ट कर्मचारीको रुपमा अवार्ड सहित सम्मान र पुरस्कृत गरिएको थियो ।

यसैगरी संघले निर्माण गरेको औद्योगिक प्रदर्शनीको प्रबद्र्धन गर्दै आएका चितवन अटोमोवाइल्ल डिलर्स एशोसिएसनका निवर्तमान अध्यक्ष एवम् चितवन अटो शो २०२५ र २६ का संयोजक राजन पिया, हालका उपाध्यक्ष यज्ञ पौडेल सहितको कार्यसमिति, चितवन अटोमोवाइल्ल एशोसिएसन र डेरी एक्स्पो आयोजना गरेको चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि.का अध्यक्ष किशोर बगाले सहितको कार्यसमितिलाई मायाको चिनो सहित सम्मानित गरिएको थियो । कार्यक्रममा सम्पूर्ण अतिथिहरुलाई प्रदान गरिने मायाको चिनोमा गरिने खर्चबाट व्यवस्थापन हुने गरी माडी नगरपालिकामा स्थापित चेपाङ विद्यार्थीहरुलाई आवासीय सुविधा सहित अध्यापन गर्दै आएको मनमोहन वालग्रामलाई रु ३५,५३५।– वापतको चेक हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट