जनकपुरधाम : धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१७, तेतरियास्थित भित्री सडकमा काठ लोड गरिएको ट्याक्टर र एउटा मोटरसाइकल बेवारिसे अवस्थामा फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार असोज आज बिहान करिब साढे ३ बजे पौडेश्वरबाट जनकपुरधामतर्फ आउँदै गरेको ‘अन टेस्ट’ लेखिएको ट्र्याक्टर सडकछेउमा काठसहित फेला परेको थियो ।
प्रहरी प्रवक्ता एवं डीएसपी ओमप्रकास खनालले मसलाको काठ लोड गरिएको ट्याक्टर सडकछेउमा रहेको सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेको र त्यस क्रममा ट्याक्टररसँगै मधेस प्रदेश ०२–००१ ब ७९४ नम्बरको मोटरसाइकल पनि बेवारिसे अवस्थामा फेला परेको बताए ।
प्रहरीले काठ लोड गरिएको ट्याक्टर र मोटरसाइकल नियन्त्रणमा लिएर कारबाहीका लागि डिभिजन वन कार्यालय, धनुषामा पठाउने प्रक्रिया अघि बढाएको जनाएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij