Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

चितवन क्षेत्र नं.२ मा नेकपाको उम्मेद्वार प्रताप गुरुङ

चितवन क्षेत्र नं.२ मा नेकपाको उम्मेद्वार प्रताप गुरुङ

चितवन ४ माघ ।  आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि नेपाली कम्युनिष्ट पार्टी चितवनको क्षेत्र नं २ बाट प्रताप गुरुङलाई उम्मेदवार बनाएको छ ।   उम्मेद्वार दाबी गरेकाहरुमध्येबाट पार्टीको जिल्ला कमिटीले इच्छाकामना गाउँपालिकाको इन्चार्जसमेत रहेका गुरुङलाई उम्मेद्वार बनाएको हो । 
पार्टीले जनताको पक्षमा काम गर्ने, परिवर्तन र विकासको एजेन्डालाई अघि बढाउने उम्मेदवारको रूपमा गुरुङलाई अघि सारेको जनाएको छ। उम्मेद्वार गुरुङले चितवन क्षेत्र नं.२ का जनताको समस्या संसद्मा सशक्त रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरेका छन्। गुरुङ तत्कालिन नेकपा माओवादीले संचालन गरेको दश बर्षे जनयुद्धदेखि नै पूर्णकालिनरुपमा पार्टीमा सक्रिय हुदैँ आएका छन् ।  
पार्टीले आगामी निर्वाचनमा जनसमर्थन प्राप्त हुने विश्वास लिएको छ। यसैबिच चितवन  क्षेत्र नं. ३ मा रेनु दाहाल र  क्षेत्र नं १ मा डा कृष्ण पन्तले टिकट पाएका छन् । 
 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट