रत्ननगर : बन्जारा बन्जाडे समाज नेपालको केन्द्रीय अध्यक्षमा गिता बन्जारा चयन भएकी छन् । पूर्वी चितवनको रत्ननगरमा सम्पन्न समाजको सातौं केन्द्रीय साधारण सभा तथा अधिवेशनले बन्जाराको नेतृत्वमा १९ सदस्यीय नयाँ समिति चयन गरेको हो ।
सर्वसम्मत निर्वाचित समितिको बरिष्ठ उपाध्यक्षमा तारा बन्जाडे, उपाध्यक्षमा केशब बन्जारा र प्रदिप बन्जारा, महाचिवमा दीपेन्द्र बन्जारा, सचिवमा हिरालाल बन्जारा, कोषाध्यक्षमा राजकुमार बन्जारा चयन भएका छन् । केन्द्रीय सदस्यमा निर्मल बन्जारा, बसन्तराज बन्जारा, नन्दलाल बन्जारा, भिमा केसी बन्जारा, खुस्बी भण्डारी बन्जाडे, राजकुमार बन्जारा, रामहरि बन्जारा, मनोहर बन्जारा र शुशिला बन्जाडे चयन भएका छन् । अधिवेशनमै नवनिर्वाचित अध्यक्ष गिता तिमिल्सेना बन्जारा अन्र्जुन बन्जारा र जगतबहादुर बन्जारालाई केन्द्रीय सदस्यमा मनोनित गरेकी छन् ।
नवनिर्वाचित केन्द्रीय मितिलाई निर्वाचन समितिका संयोजक डा.मणिराम बन्जाडेले पद तथा गोपनियाताको सपथग्रहण तथा प्रमाणपत्र हस्तान्तरण गरेका थिए । सो अबसरमा नवनिर्वाचित अध्यक्ष गिता तिमिल्सेना बन्जाराले समाजको संस्थागत विकास गरी बन्जारा बन्जाडे समाजलाई देशभर चिनाउने गरी काम गर्ने प्रतिबद्धता जनाईन । भाइचराको सम्बन्ध स्थापित गर्दै कुल तथा बंशको रक्षाका लागि विचल्लीत नभइ काम गर्ने उनको भनाई छ ।
बन्जारा बन्जाडे समाज चितवन र मकवानपुर जिल्ला कार्यसमितिको व्यवस्थापनमा रत्ननगर वडा नं १० सौराहाचोक स्थित शान्तिभिलेज रिसोर्टमा साधारण सभा तथा अधिवेशन गरिएको हो । भिमसेन थापा गाउँपालिका अध्यक्ष लोकनाथ बन्जारा र रत्ननगर नगरपालिकाका प्रबक्ता कुलप्रसाद सापकोटा विशिष्ट अतिथि रहेको सो उद्घाटन कार्यक्रममा समाजको विकासमा योगदान गरेका २४ जना ज्येष्ठ नागरिक र एसईईमा उत्कृष्ट अंक ल्याउने प्रेयङ्का बन्जारालाई सम्मान गरिएको चितवन जिल्ला अध्यक्ष रमेश बन्जाराले जानकारी दिए । साधारण सभा तथा अधिवेशनमा देशभरबाट २०० प्रतिनिधि सहभागी थिए । निर्वाचन समितिको संयोजकमा डा बन्जाडे सहित सदस्यमा शिज बन्जारा र प्रलाद केसी बन्जारा रहेका थिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij