Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

तरकारीको मूल्य अत्यधिक वृद्धि

तरकारीको मूल्य अत्यधिक वृद्धि

काठमाडौँ : उपभोक्तालाई प्रत्यक्ष असर पर्ने गरी तरकारीको मूल्य अत्यधिक वृद्धि भएको छ ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको थोक बजारको कारोबार मूल्य विवरणले तरकारीको भाउ अस्वाभाविक रूपमा बढेको देखाएको हो।

एक महिनाको अवधिमा ६०८ प्रतिशतसम्मको वृद्धि देखिएको छ । कालीमाटी थोक बजारमा कारोबार भएको मूल्य विवरणअनुसार स्कुसमा ६०८ प्रतिशतले वृद्धि देखिएको छ । एक महिनाअघि (पुस ३ गते) १२ रुपैयाँ औसत मूल्य पर्ने आज स्कुस ६०८.३३ प्रतिशतले बढेर ८५ रुपैयाँमा कारोबार भएको छ । 

यस्तै लोकल बन्दा २१८.१८ प्रतिशतले बढेको छ । एक महिनाअघि लोकल बन्दा प्रतिकिलो २२ रुपैयाँ रहेकोमा आज ७० रुपैयाँमा कारोबार भएको छ । यस्तै, लौकामा १४२ प्रतिशतले बढेको छ । एक महिनाअघि प्रतिकिलो ३५ रुपैयाँ पर्ने लौका आज ८५ रुपैयाँ औसत मूल्यमा कारोबार भएको छ । स्थानीय काउली एक महिनाअघि प्रतिकिलो ३५ रुपैयाँ औसत मूल्य रहेकोमा आज १९२.८६ प्रतिशतले बढेर १०२.५० रुपैयाँमा कारोबार भएको छ । 

त्यस्तै, घिउ सिमी एक महिनाअघि प्रतिकिलो ४५ रुपैयाँ औसत मूल्य रहेकोमा १८८.८९ प्रतिशतले बढेर १३० रुपैयाँ कायम भएको छ । तिते करेला २०९.०९ प्रतिशतले बढेको छ । एक महिनाअघि प्रतिकिलो ५५ रुपैयाँ औसत मूल्य रहेको तिने करेला १७० रुपैयाँ औसत मूल्यमा कारोबार भएको छ । 

यस्तै ब्रो काउली १७२.२२ प्रतिशत बढेको छ । एक महिनाअघि प्रतिकिलो ४५ रुपैयाँ औसत मूल्य पर्ने ब्रो काउली आज प्रतिकिलो १२२.५० रुपैयाँमा कारोबार भएको छ । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट