Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

श्री मावि ढुंग्रेको पक्की भवनको निर्माण सुरु ,गाउँपालिका अध्यक्ष गुरुङद्धारा उद्घाटन

श्री मावि ढुंग्रेको पक्की भवनको निर्माण सुरु ,गाउँपालिका अध्यक्ष गुरुङद्धारा उद्घाटन

इच्छाकामना,२ माघ ।चितवनको इच्छाकामना गाउँपालिका ६ स्थित श्री माध्यमिक विद्यालय ढुंग्रेको पक्की विद्यालय भवन निर्माण कार्य सुरु भएको छ । शुक्रबार गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले भवनको शिलान्याश गर्नुभएको हो ।
 अध्यक्ष गुरुङले यहाँ कुनै पनि पक्की भवन नभएको र  विद्यालय भवन जिर्ण भएका कारण गाउँपालिकाले  पक्की भवन निर्माण कार्य सुरु गरिएको बताउनुभयो ।रु. ६५ लाखमा ३ कोठे भवन निर्माण कार्य सुरु गरिएको र आगामी  अािर्थक बर्षमा पनि भवन निर्माणलाई निरन्तरता दिने बताउनुभयो । गाउँपालिकाले ६ कोठाको भवन निर्माण गरिने बताउनुभयो । गाउँपालिकाले पालिकाभर रहेका जिर्ण विद्यालय भवनलाई पक्की भवनमा रुपान्तरण गर्ने कार्य गरिरहेको बताउनुभयो । सोही अनुसार २८ औँ  राष्ट्रिय भूकम्प सरक्षा दिवसको अवसरमा भूकम्पप्रतिरोधी सुरक्षित पक्की भवनको  शिलान्याश गरिएको बताउनुभयो । 
श्री मावि ढुंग्रेका प्रधानाध्यापक विश्वनाथ गुरुङले जिर्ण विद्यालय भवनमा पठनपाठन गर्दै आएकोमा पक्की भवन निर्माण कार्य सुरु भएकोमा खुशी व्यक्त गर्नुभयो। पक्की विद्यालय भवनमा  बसेर पढ्न पाएसगैँ शैक्षिक गुणस्तरमा वृद्धि हुने अपेक्षा गर्नुभयो । साथैँ उहाँले यस तीन कोठे भवनलाई थप गरि  ६ कोठे भवन निर्माणका लागि गाउँपालिका  लगायत सम्बन्धित निकायहरुसँग पहल गरिरहेको बताउनुभयो । 
शिलान्याश कार्यक्रममा उपाध्यक्ष माया सिलवाल,वडा नम्बर६का वडाध्यक्ष लक्ष्मण चेपाङ,प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त बस्नेत,विद्यालयका,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिलन गुरुङ लगायतको उपस्थिति रहनुभएको थियो । 
शिशु देखि कक्षा १० सम्म पढाई हुने यस विद्यालयमा १८५ जना विद्यार्र्थीहरु अध्ययनरत छन् ।  

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट