Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

इच्छाकामना गाउँपालिका स्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

इच्छाकामना गाउँपालिका स्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

इच्छाकामना,२९ पुस : कुरिनटारमा इच्छाकामना  गाउँपालिका स्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले एक कार्यक्रमकाबिच सर्वशान्ति माध्यमिक विद्यालय कुरिनटारमा प्रतियोगिताको उद्घाटन गर्नुभएको हो। प्रतियोगिताको उद्घाटन गर्नुहुदैँ  अध्यक्ष गुरुङले  चौतर्फी विकासका लागि खेलकुद आवश्यक रहेको बताउनुभयो । इच्छाकामना गाउँपालिकाले राष्ट्रपति  रनिङ शिल्ड प्रतियोगिता गर्दै आइरहेको र यस्ता प्रतियोगिताले  भाइबहिनहिरुको चौतर्फी विकासमा टेवा पु¥याईरहेको विश्वास व्यक्त गर्नुभयो । शैक्षिक अभिवृद्धिका साथै खेल जविनमा पनि अझ प्रगति गर्दै जाओस पनि  शुभकामना व्यक्त गर्नुभयो । प्रतियोगितामा को विजेता बन्यो भन्दा पनि  सहभागिताले प्रतियोगिताको शोभा बढाउन र पछिका भाइबहिनीहरुका लागि प्रेरणा मिल्ने बताउनुभयो ।
उपाध्यक्ष माया सिलवालले  खेल आफ्नो स्वास्थ्य, अनुशासन र राष्ट्रको लागि महत्वपूर्ण रहेको बताउनुभयो ।यहाँबाट उत्कृष्ट भई जिल्ला प्रदेश र केन्द्रमा समेत छनौट हुदैँ इच्छाकामनाको भनेर परिचिति बन्नेमा विश्वास व्यक्त गर्नुभयो । 
 कार्यक्रममा वडा नम्बर ४ का वडाध्यक्ष रुद्रप्रसाद उप्रेतीले  खेलकुदले मानसिक शारीरिक क्षमताका साथै शैक्षिक गुणस्तरमा समेत फाइदा  पुग्ने बताउनुभयो । 
सर्वशान्ति मावि कुरिनटार र प्रगति पाठशाला कुरिनटारको खेल मैदानमा आज र भोली दुई दिन चल्ने प्रतियोगितामा १० वटा माविले सहभागिता जनाएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका सदस्यसचिव तथा सर्वशान्ति माविका प्रधानाध्यापक जोहन खरेलले जानकारी दिनुभयो । 
गाउँपालिकाअध्यक्ष दान बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष माया सिलवाल, प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त बस्नेत, जनप्रतिनिधिहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु,शिक्षक विद्यार्थी अभिभावकहरुको उपस्थिति रहनुभएको थियोे । कार्यक्रम सर्वशान्ति माविका शिक्षक शिवप्रसाद तिमल्सिनाले सञ्चालन गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट