Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

शिक्षक कल्याणकारी सहकारीको साधारणसभा सम्पन्न

शिक्षक कल्याणकारी सहकारीको साधारणसभा सम्पन्न

भरतपुर : शिक्षक कल्याणकारी बचत तथा ऋण सहकारी संस्था चितवनको १३ औं साधारण सभा आइतबार नब जागृति सामुदायिक बनको बनभोज स्थलमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष हरिशचन्द्र सुवेदीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सहकारी डिभिजन कार्यालय चितवनका उपाध्यक्ष तुलसी घिमिरे प्रमुख अतिथि रहनु भएको थियो भने नारायणी नमुमा माविका अध्यक्ष टेक बहादुर थापा विशेष अतिथि रहनु भएको थियो । कार्यक्रममा एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय सचिवालय सदस्य तोयनाथ पौडेल, केन्द्रीय सदस्य ज्योति नारायण ढकाल, जिल्ला अध्यक्ष मन्जु सिम्खडा लगायतका केन्द्र, प्रदेश, जिल्ला र पालिकाका शिक्षक नेताहरुको उपस्थिति थियोे ।
यस कार्यक्रममा कुलदिप न्यौपाने, भरत पोख्रेल, टेकबहादुर थापा, आत्मराम बास्तोला लगायत शिक्षक नेताहरू सम्मानित हुनु भएको थियोे । कार्यक्रममा सिद्धिविनायक माबिका प्रधानाध्यापक शिव कोइरालाले स्वागत मन्तव्य राख्नु भएको थियोे भने संस्थाको कोषाध्यक्ष चन्द्रकला रामदामले आर्थिक प्रतिवेदन र लेखा समितिको तर्फबाट टेकनाथ पौडेलले लेखा सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्नु भएको थियोे । कार्यक्रममा विविध साँस्कृतिक कार्यक्रम र विभिन्न खेलहरु पनि सञ्चालन गरिएका थिए । कार्यक्रमको सञ्चालन संस्थाका सचिव राजकुमार कडेलले गर्नु भएको थियोे । करिब ३०० शिक्षकहरु सो साधारण सभामा उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट