रत्ननगर : चितवन उद्योग संघको टोलीद्वारा पूर्वी चितवनको रत्ननगरस्थित टिकौलीचौरमा १३ औं संस्करणको रुपमा सञ्चालन भएको रत्ननगर महोत्सवको अवलोकन गरेको छ ।चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरेको नेतृत्व महोत्सव परिसरमा पुगेको टोलीलाई रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष शंकर गिरीले स्वागत गर्नुभएको थियो । स्वागतका क्रममा चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरे र रत्ननगर उद्योग वाणिज्य संघ अध्यक्ष शंकर गिरीले दुबै संस्थाहरुको प्रकृति एउटै किसिमको भएको र उद्योगी व्यवसायीहरुको हकहितको संरक्षण र सम्बद्र्धनका लागि सहकार्य हुन जरुरी रहेको बताएका थिए ।
अवलोकनमा चितवन उद्योग संघका उपाध्यक्षहरु गजेन्द्र अधिकारी, तारा बहादुर कार्की, गोपाल प्रसाद गैरे, प्रमेश्वर भण्डारी, कार्यकारी निर्देशक गणेश प्रसाद सिलवाल, खैरहनी पालिका समितिका अध्यक्ष प्रतिभा श्रेष्ठ, कार्यसमिति सदस्य सृजना सोती लगायतको सहभागिता रहेको थियो ।
महोत्सवमा रामजानकी मन्दिर आकृतिको गेट निर्माण, जनजाती समुदायको सुन्दर गाउँ, बेरोजगार समस्या निराकरण गर्न रोजगार मेला लगायतका विषयहरूलाई प्राथमिक्ताका साथ अगाडि बढाइएको र महको उत्पादन र बजारीकरणलाई प्राथमिकता दिइएको थियो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij