चितवन : जेनजी आन्दोलनपछी भरतपुरको मालपोत कार्यालयको काम ढिला सुस्ती भएको सर्वसाधारणले गुनासो गरेका छन् । विगतको समयमा भन्दा जेन्जी आन्दोलनपछि मालपोत कार्यालयको काम अस्तव्यस्त र ढिला सुस्ती भएको सर्वसाधारणले गुनासो गरेका हुन् ।
भरतपुर महानगरपालिका २१ बाट शोभा मणि बराल जग्गाको शेस्ता कायमका लागि कार्यालय आएको बताए । उनले जेनजी आन्दोलनपछी मालपोत कार्यालयमा एउटै कामका लागि बारम्बार धाउनुपर्ने, सबै कागजपत्र बनाएर ल्याएपनी घरी वडा जाउ, घरी सिफारिस ल्याउ भन्ने एउटै कामको लागि बारबार ढिलासुस्ती गर्दा समस्या भएको बताए ।
यस्तै भरतपुर महानगरपालिका ७ विकासचोकबाट मुक्तिनारायण ढकाल लालपुर्जाका लागि मालपोत कार्यालय आएको बताए । कार्यलयमा सिटम र नियमले काम नहुँदा समस्यामा परेको उनको भनाई छ ।उनले सर्वसाधारणको सहजका लागि एउटा काउन्टर बनाउन आवश्यक रहेको बताए । उनले भने, कार्यालयमा आएपछी एउटा काउन्टर होस् जुना काउन्टरबाट कुन कुन कागजात पुगेन केके ल्याउनुपर्ने हो यि सबै जानकारी एकै ठाउँबाट भएछी मात्रै भित्र पठाइयो भने आम सर्वसाधारणलाई सहज हुन्छ । कर्मचारीलाई पनि दोहोरो समय खर्च नहुने र कार्यालयमा भिडभाड पनि कम हुने उनले बताए ।
मालपोत कार्यालयका प्रमुख नीरबहादुर दाहालले सकेसम्म सबै नागरिकलाई सहज हुने गरी सेवा दिईराखेको बताए । हाल मालपोत कार्यालयमा शेस्ता कायम, धितो रोगका फुक्का, नामसारी, रजिस्ट्रेसन राजीनामा लेखन लगाएतका काम भइरहेको बताए ।
उनी भन्छन्, जेनजी आन्दोलनपछी कागजी प्रकृयाहरु सबै जलेर नष्ट भए । वि.स २०१५ सालदेखिका अभिलेख आन्दोलनले क्षति पुर्यायो जुन लिखित दस्तावेज थिए । त्यसैले हाल सबै प्रकृयाहरु एकैपटक सुरु गर्दा केही समस्या र भिडभाड भएको हो । तर काम भने निरन्तर चलिरहेको छ ।
कार्यालयमा हाल पुरानो अभिलेखल नभएको हुँदा त्यसलाई पूर्ण गर्न लामो समय लाग्छ उनले भने, अनलाइन प्रणालीमा भएका मुख्य गरी पुर्जा र शेस्ताका डकुमेन्टहरु भने सुरक्षित छन् ।
पछिल्लो समय धेरै कामहरू एकैपटक हुँदाखेरि अभिलेख राख्ने क्रममा कागजी सिस्टम पनि र अनलाइन सिस्टम पनि दोहोरो काम गर्नुपर्ने हुनाले अहिले समय अलिकति बढी लागेको उनले बताए । यसलाई बिस्तारै सहज ढंगले काम प्रवाह गर्ने समेत उनले जानकारी दिए।जेन्जी आन्दोलनभन्दा अघी कार्यालयमा हेल्पडेक्स थियो, जसले गर्दा सेवाग्राहीलाई सहज भएको थियो हाल भने उक्त हेल्पडेक्स नहुँदा केही समस्या भएको बताउदै त्यसलाई मध्यनजर गर्दै छिट्टै व्यवस्थापन गर्छौं उनले भने ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij