रत्ननगर : नेपाल रेडक्रस सोसाइटी उपशाखा रत्ननगरको २८औँ वार्षिक साधारण सभा आइतबार गरिएको छ ।उपशाखाकी कार्यवाहक सभापति अनु गौतमको अध्यक्षतामा भएको कार्यक्रम नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा चितवनका सभापति हरिप्रसाद पौडेलले उद्घाटन गरेका थिए ।
कार्यक्रममा उपशाखाका सचिव युवराज आचार्यले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष चन्द्रकान्त ओझाले ११ लाख ५५ हजारबराबरको आयव्यय प्रस्तुत गरेका थिए ।साधारण सभामा विशिष्ट सदस्यहरु जुनकुमार श्रेष्ठ, राजेन्द्रकुमार श्रेष्ठ, नारायण प्यासी गिरी, सूर्यप्रसाद रेग्मी, डा। कृष्ण पौडेल र दिलकुमारी बराललाई सम्मान तथा ७० जना आजीवन सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
कार्यक्रमका प्रमुखअतिथि रेडक्रसका जिल्ला सभापति पौडेलले रेडक्रसको मानवीय सेवालाई अझै विस्तार गरेर समुदायकेन्द्रित बनाउन जरूरी रहेको बताए ।वडा नं–२ का वडाध्यक्ष राजेन्द्र घिमिरेले आपतविपद् पर्दा रेडक्रसले गर्ने खोज तथा उद्धारको कामले स्थानीय सरकारलाई सहयोग पुगेको बताए ।
कार्यक्रममा रेडक्रसका पूर्वजिल्ला सभापति ज्ञानशाली न्यौपाने, जिल्ला सदस्य दीपक खड्का, कार्यालय प्रमुख नवीनराज तिवारी, रत्ननगर खानेपानीका सचिव प्रताप डल्लाकोटी, मानवअधिकार मञ्चकी सचिव ज्वाला पुरी वन, पञ्चकन्या सभापति अर्जुन पौडेल, पिठुवा सभापति कमलनाथ अधिकारी, बछौली सभापति सुवास विडारीलगायतको उपस्थिति रहेको थियो ।
सचिव आचार्यले सञ्चालन गरेको उक्त कार्यक्रममा उपसचिव हुतराज पन्तले स्वागत मन्तव्य राखेका थिए ।महिला गोष्ठी, रक्तदान उत्प्रेरणा कार्यक्रम गर्दै आएको रत्ननगर रेडक्रसले आगामी दिनमा जिल्लास्तरीय कोषाध्यक्षहरुको भेला गर्ने योजना बनाएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij