Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

रेनुलाई जिताउन पाँच हजार एक सय सदस्यीय निर्वाचन समिति गठन

रेनुलाई जिताउन पाँच हजार एक सय सदस्यीय निर्वाचन समिति गठन

भरतपुर : विकास,समृद्धि र सुशासनलाई आत्मसाथ गरेर अगाडि बढेकी विकासप्रेमी नेतृ रेनु दाहाललाई अत्याधिक बहुमतले जिताउन चितवन क्षेत्र नं ३ मा निर्वाचन परिचालन समिति गठन गरिएको छ ।नेपाली कम्यूनिष्ट पार्टी चितवनको शुक्रबार पश्चिम चितवनको पटिहानीमा बसेको पूर्ण बैठकले सो पार्टीका वरिष्ठ केन्द्रिय सदस्य ईश्वरी भट्टराईको संयोजकत्वमा ५ हजार एक सय सदस्यीय निर्वाचन परिचालन मूल समिति गठन गरिएको हो ।
भरतपुर महानगरको प्रमुख समेत रहेकी रेनु दाहाललाई नेपाली कम्यूनिष्ट पार्टीले चितवन क्षेत्र नं ३ बाट सफल र शसक उमेदवारको रुपमा सिफारिस गरेर चुनावी प्रचार अघि बढाएको हो । आफ्नो दुई कार्यकालमा भरतपुर महानगरबाट विकासको मोडल प्रस्तुत गरेर विकास,सुशासन र समृद्धिको नमूना प्रस्तुत गर्न सफल मेयर दाहाललाई चितवनबाट जिताएर संघिय सांसद बनाउने अभियानमा लागेको संयोजक भट्टराईले बताए ।

 
त्यसैगरी नेपाली कम्यूनिष्ट पार्टी चितवनका संयोजक रामचन्द्र अधिकारीको संयोजकत्वमा आर्थिक परिचालन उपसमिति पनि उक्त बैठकले गठन गरेको छ । भरतपुर महानगरबाटै चौतर्फी विकास भनेर राष्ट्रिय तथा अन्तर्राष्ट्रियमै नाम लेखाउन सफल रेनुलाई संघिय सांसदमा चितवनबाट जिताएर राष्ट्रिय स्तरमै विकास,समृद्धि र सुशासनको अनुभूति दिलाउन पनि चितवनका जनताहरु एकजुट हुने बेला आएको संयोजक अधिकारीको भनाई छ ।

त्यसैगरी बैठकले युवा विद्यार्थी परिचालन उपसमिति , महिला परिचालन, जनवर्गीय संगठन तथा जातिय मुक्ति मोर्चा उपसमिति लगायतका उपसमितिहरु पनि गठन गरेको छ । उपसमितिका संयोजकको नामावली केही दिनमै सार्वजनिक गरिने बताइएको छ ।

भरतपुर महानगरका सबै वडाहरुमा रेनु दाहालको दुई कार्यकालमा समानुपातिक विकास भएको छ । त्यसैले रेनु दाहालप्रति जनलहर बढ्दै गएको चितवनका जनताको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट