चितवन : ‘रक्तदाताको नगर रत्ननगर’ भन्ने सन्देशसहितको वातावरणमैत्री सूचना बोर्ड आज अनावरण गरिएको छ। भरतपुरबाट रत्ननगरतर्फ आउँदै गर्दा पूर्व–पश्चिम राजमार्ग अन्तर्गत टिकौली–वरण्डाभार खण्डमा राजमार्गको उत्तरतर्फ उक्त बोर्ड स्थापना गरिएको हो।
१३औँ संस्करणको रत्ननगर महोत्सवको अवसर पारेर रत्ननगर भ्रमणमा आउने सर्वसाधारणलाई सकारात्मक सन्देश दिनुका साथै रक्तदातालाई थप उत्प्रेरणा प्रदान गर्ने उद्देश्यले बोर्ड स्थापना गरिएको ब्लड डोनर सोसाइटी रत्ननगरका अध्यक्ष रमेश नेपालले जानकारी दिनुभयो।
रत्ननगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष शंकर गिरीले एक कार्यक्रमका बीच उक्त बोर्डको अनावरण गर्नुभएको हो। कार्यक्रममा रत्ननगर नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष तथा सामाजिक विकास समिति संयोजक सोहेन्द्रराज खरेल, ब्लड डोनर सोसाइटी चितवनका अध्यक्ष अर्जुन अधिकारी लगायतको उपस्थिति रहेको थियो।
सो अवसरमा समाजसेवी बलराम खनालको विशेष उपस्थिति रहेको आयोजकले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij