Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

इक्यानको केन्द्रीय निर्वाचनमा मञ्जित ढकालले केन्द्रीय उपाध्यक्ष पदमा उम्मेदवारी दिने

इक्यानको केन्द्रीय निर्वाचनमा मञ्जित ढकालले केन्द्रीय उपाध्यक्ष पदमा उम्मेदवारी दिने

भरतपुर :  नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आगामी 2082 को केन्द्रीय निर्वाचनमा, मञ्जित ढकालले दीपकराज भुषाल समूहबाट केन्द्रीय उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । वर्तमानमा उनी ECAN को केन्द्रीय समितिमा सदस्यको रूपमा सक्रिय छन् र Branch Coordination Department मार्फत केन्द्र र शाखाबीच प्रभावकारी समन्वयमा निरन्तर योगदान गर्दै आएका छन् ।
ढकालले मकवानपुर, काभ्रेपलान्चोक, धनगढी लगायत विभिन्न शाखामा समन्वय संरचना सुदृढ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । Branch Coordinator को रूपमा उनले Leaders Meet 1.0 र 2.0 आयोजना गरी शाखा र केन्द्रबीचको सम्बन्धलाई मजबुत बनाएका छन् ।
यस अनुभवको आधारमा उनी केन्द्रीय उपाध्यक्ष पदमा उम्मेदवारी दिएर संगठनलाई अझ व्यवस्थित, उत्तरदायी र भविष्य–मुखी बनाउने लक्ष्य राखेका छन्। उनी भन्छन्, “ECAN कुनै व्यक्तिको पहिचानले होइन, प्रणाली, सदस्यको विश्वास र सामूहिक नेतृत्वद्वारा सञ्चालन हुनुपर्छ। मेरो दृष्टि ECAN लाई सदस्य–केन्द्रित, पारदर्शी, व्यावसायिक र दीर्घकालीन रणनीतिमा आधारित संगठनको रूपमा अगाडि बढाउनु हो।”
दीपकराज भुषाल समूहको समर्थनमा, ढकालले केन्द्र–शाखा समन्वयलाई सशक्त, व्यवहारिक र परिणाममुखी बनाउने, शाखाबाट उठेका वास्तविक मुद्दाहरूलाई निर्णय प्रक्रियामा प्राथमिकताका साथ समावेश गर्ने, र शैक्षिक परामर्श व्यवसायको विश्वसनीयता, गरिमा तथा दिगोपन सुनिश्चित गर्ने प्रतिबद्धता जनाएका छन् ।
समूहका अनुसार, ECAN को भविष्य सुरक्षित, सक्रिय र परिणाममुखी नेतृत्वमा निर्भर छ । उनीहरूले सबै सदस्यहरूलाई मतदान गर्न र संगठनको साझा भविष्य निर्माणमा सक्रिय सहभागिता जनाउन आह्वान गरेका छन् । आगामी निर्वाचनमा मञ्जित ढकालको उम्मेदवारीले ECAN को नेतृत्वमा नयाँ दिशा र सशक्त प्रतिनिधित्व ल्याउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट