Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

काठमाडौँ  :  नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । बैठक केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बैठक बस्ने पार्टी मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

साथै महाधिवेशन तयारी र क्रियाशील सदस्य विवादका बारेमा पनि समाधान खोजिने नेताहरूले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट