कैलाली : कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। जानकी गाउँपालिका–२ प्रगतीनगरका २९ वर्षीय श्यामलाल चौधरीको मंगलबार करेन्ट लागेर मृत्यु भएको हो।
जानकी गाउँपालिका–२ मा रहेको रोरा नदीमा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागि गम्भीर घाइते भएका उनलाई उपचारको लागि टीकापुर अस्पताल टीकापुर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ।
सो सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij