काठमार्डौँ : नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनले घोषित मितिमै निर्वाचन सम्पन्न गराउने सरकारको प्रतिबद्धता सह्रानीय रहेको भन्दै निर्वाचन सम्पन्न गर्न दलहरूले आवश्यक सहयोग गर्नुपर्ने बताएका छन्।सिंहदरबारस्थित सर्वपक्षीय छलफलमा बोल्दै उनले राज्यलाई निकास र स्थायित्व दिन राजनीतिक दलहरूले सरकारलाई घोषित मितिमा निर्वाचन सम्पन्न गर्न सहयोग गर्नुपर्ने बताए।
उनले संविधानविपरित सरकारले पर निर्वाचन धकेल्ने प्रयास गरे आफूहरूलाई स्वीकार्य नहुने चेतावनीसमेत दिए। उनले घोषित मितिमा निर्वाचन हुन नसके सरकारले निर्णय गर्ने वा पुरानै संसद पुनःस्थापना हुनेप्रति सचेतसमेत गराए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij