काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सदस्यता भेरिफाई गर्न आग्रह गरेको छ ।पार्टीले आह्वान गरेको समानुपातिक प्रणालीतर्फको उम्मेदवार छनोटका लागि पुस १२ र १३ गते हुने प्रारम्भिक निर्वाचनमा सहभागी हुन पुस ५ गतेसम्म पार्टी सदस्यताका लागि आवेदन दिएका सबै सदस्यहरूको पुस ९ गते ५ बजे भित्र अनिवार्य भेरिफाई गर्न आग्रह गरिएको हो ।
सोमबार रास्वपाको केन्द्रीय सङ्गठन विभागले पार्टीको केन्द्रीय निर्वाचन आयोगको पत्रानुसार प्रदेश समिति मार्फत सबै जिल्ला समितिहरूमा निर्देशन गरेको हो । ।सदस्यता भेरिफाई हुन बाँकी सदस्यहरूले सम्बन्धित जिल्लाका पदाधिकारी वा सङ्गठन विभागलाई ध्यानाकर्षण गराउन समेत आग्रह गरिएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij