Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

तारेख बुझ्न काठमाडौं अदालत पुगे रवि लामिछाने

तारेख बुझ्न काठमाडौं अदालत पुगे रवि लामिछाने

काठमाडौँ : रास्वपा सभापति रवि लामिछानेले केपी ओलीले लगाएको गुन तिर्न अदालतमा तारेखका लागि धाउनुपरेको भन्दै कटाक्ष गरेका छन् । सोमबार तारेख बुझ्न काठमाडौं अदालत पुगेका लामिछानेले केपी ओलीले आफूलाई गुण लगाएको भन्ने गरेको र त्यही गुण तिर्नका लागि सवै जिल्लामा सातै दिन तारेखका लागि जानुपरेको बताए ।

देशभरका अदालतमा धाउनुपर्दा जीउभरी किला ठोकेको जस्तो महशुस भएको उनको भनाइ छ । लामिछानेले अवको सात दिनभित्र सवै अदालतमा गएर हाजिर गर्नुपर्ने अवस्था रहेको सुनाए ।उच्च अदालत तुलसीपुरको बुटवल इजलासले बिगोबापत् जमानत लिएर रिहा गर्न आदेश दिएपछि लामिछाने शुक्रबार रिहा भएका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट