काठमाडौँ : नेकपा एमालेका सचिव महेश बस्नेतले फागुन २१ को चुनाव र जेनजी सरकारबिच भएको सम्झौताप्रति आफ्नो पार्टीको सैद्धान्तिक सहमति रहेको बताएका छन् । सोमबार सरकार, निर्वाचन आयोग र दलहरूबिच भएको छलफलमा एमालेका तर्फबाट धारणा राख्दै नेता बस्नेतले यस्तो बताएका हुन् ।
‘सैद्धान्तिक रूपमा हामी निर्वाचनको पक्षमा छौ । तर आजको वातावरण र संसद् पुनर्स्थापनाको यो सरकार असंवैधानिक भनेर सर्वोच्च अदालत गएकाले चुनाव हुँदैन भन्ने हाम्रो निष्कर्ष हो’बस्नेतको भनाइ छ ।
उनले फागुन २१ मा निर्वाचन गर्न सरकारले ब्याक च्यानलबाट छलफलका लागि प्रस्ताव नगर्न आग्रह गर्दै ओपन च्यानल प्रयोग गर्न सरकारलाई आग्रह गरे । ‘प्रधानमन्त्रीलाई म आग्रह गर्छु– दलहरूलाई ब्याक च्यानलबाट छलफलका लागि प्रस्ताव गर्ने भन्दा ओपन च्यानलबाट छलफल गर्ने गर्नुपर्छ’, बस्नेतले भने, ‘वान टु वान छलफल गर्दा राम्रो हुन्छ । धेरै छलफल भएपछि मात्र चुनावको वातावरण बन्छ ।’
जेनजीसँगको सम्झौता र चुनावप्रति सैद्धान्तिक रूपमा एमालेको आपत्ति नरहेको प्रस्ट पार्दै ‘तर जेनजीहरु नै भएका सहमति कार्यान्वयनमा आशङ्का गरिरहेका छन्, कोही जेनजी चुनाव हुँदैन भनिरहेका छन् ।’
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij