सुर्खेत : सुर्खेतमा पूर्ववडाध्यक्षसहित ४० जना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन् । चिङ्गाड गाउँपालिका–१ मा कांग्रेसकाबाट २०७४ सालको स्थानीय तह निर्वाचनमा निर्वाचित भएर एक कार्यकाल खाएका वीरबहादुर वलीसहित ४० जना आइतबार रास्वपामा प्रवेश गरेका हुन् ।
उनीसँगै अन्य विभिन्न राजनीतिक दल परित्याग गरी ४० भन्दा बढी नेता तथा कार्यकर्ता रास्वपामा प्रवेश गरेको रास्वपा सुर्खेतले जनाएको छ । केही दिनअघि मात्रै रास्वपा प्रवेश गरेका कांग्रेसका पूर्व सुर्खेत जिल्ला उपसभापति टेकबहादुर सिंहले आफ्नो क्षेत्रका कांग्रेस नेता, कार्यकर्तालाई रास्वपामा समाहित गरिरहेका हुन् ।
पार्टी प्रवेश गर्नेहरूमा २०५४ सालका तत्कालीन गाविस वडा अध्यक्ष पदमबहादुर खत्री, नरेन्द्र सुनार, टीकाराम खत्री, टेकेन्द्र बूढा, रुद्रबहादुर खत्री, र लालबहादुर नेवार रहेका छन् । त्यसैगरी वीरसिंह रावल, खागीसरा अधिकारी, हस्तबहादुर खत्री, गुमानसिंह खत्री र जसबहादुर सुनार लगायतले पनि कांग्रेस परित्याग गरी रास्वपा रोजेको उनले बताए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij