काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछाने पार्टी केन्द्रीय कार्यालय वनस्थली पुगेका छन् । सहकारी ठगी प्रकरणमा मुछिएका उनी ८ महिनापछि आइतबार पार्टी कार्यालय(घण्टीघर) पुगेका हुन् । उनलाई कार्यवाहक सभापति डोलप्रसाद अर्यालले स्वागत गरेका छन् । नख्खु कारागारमा रहेका उनी शुक्रबारमात्रै धरौटीमा रिहा भएका थिए ।
पार्टी कार्यालय पुगेर समर्थकलाई सम्बोधन गर्दै सभापति लामिछानेले जेनजी विद्रोहलाई क्रान्तिमा बदल्न बाँकी रहेको बताए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij