Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

ट्रकबाट बरामद भयो २ क्विन्टल ४० किलो चरेस

ट्रकबाट बरामद भयो २ क्विन्टल ४० किलो चरेस

पर्सा : प्रहरीले वीरगन्जबाट ठूलो परिमााणमा लागुऔषध चरेस बरामद गरेको छ । पर्सा प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी गराएको हो । पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदिपराज पाठकले विशेष सूचनाका आधारमा शनिबार राति साढे ७ बजे वीरगन्ज महानगरपालिका-२२ जगरनाथपुर ढाँटस्थित सडक खण्डमा सवारीसाधन जाँच क्रममा चरेस बराम भएको बताए ।

उनका अनुसार मकवानपुरबाट वीरगन्जतर्फ आउँदै गरेको ना ३ ख ५०९३ नम्बरको ट्रकलाई रोकी जाँच गर्दा उक्त ट्रकको क्याबिनको माथि फल्स बटन बनाई लुकाएर राखिएको २ क्विन्टल ४० किलो चरेस फेला परेको हो । ट्रक चालक मकवानपुर थाहा नगरपालिका-११ का २९ वर्षीय सरोज मोक्तान र उक्त ट्रकमा सवार सोही ठाउँका २१ वर्षीय नवराज लो पनि पक्राउ परेका छन् । उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको पाठकले बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट