Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

जेन्जीको माग पुरा भए सरकारलाई साथ दिइनेछ : रवि लामिछाने

जेन्जीको माग पुरा भए सरकारलाई साथ दिइनेछ : रवि लामिछाने

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निर्वाचनको पक्षमा आफूहरू सरकारको साथमा रहेको प्रतिबद्धता जनाएका छन् । जेलबाट रिहाइ भएपछि आइतबार केन्द्रीय कार्यालय वनस्थली पुगेका उनले जेनजीको माग पुरा गर्ने सर्तमा रास्वपाले सरकारलाई साथ दिने प्रतिबद्धता जनाएका हुन् । उनले निर्वाचनमा जानुको विकल्प नभएको पनि दोहोर्‍याएका छन् ।

‘निर्वाचनमा जानुको विकल्प छैन । साथै जेनजीले उठाएका माग पुरा गर्नुको पनि विकल्प छैन । जेनजीको माग पुरा गर्ने, सुशासन खडा गर्ने र निर्वाचन गराउने विषयमा सरकारले एक्लै छु भन्नुपर्दैन ।

रास्वपा उभिएको छ’, उनले भने, ‘तर सरकारले यो पनि बुझ्नुपर्छ कि यो निशर्त होइन । हामीले स्वार्थ बोकेका छैनौँ । जुन उद्देश्यका लागि कलिला भाइबहिनीहरूले ज्यान गुमाए । त्यसलाई बिर्सन पाइँदैन । त्यो सँगै निर्वाचन सम्पन्न गर्नुपर्नेछ ।’

उनले भागेका केही शक्तिहरू निर्वाचन बिथोल्न लागेको आरोप समेत लगाए । उनीहरू आफ्नै मान्छे खटाएर घटना घटाउने काममा लागेको उनले जिकिर गरे ।

‘भागेका केही शक्तिहरू निर्वाचन बिथोल्न लागेका छन् । सानातिना घटना घटाउन पनि उनीहरू पछि पर्दैनन् । आफ्नै मान्छे खटाउने, घटना घटाउने अनि निर्वाचन वातावरण बिग्रियो । सरकारले सम्हाल्न सकेन भनेर यसो मुन्टो निकाल्दै छन् । मुन्टो निकाल्नु पर्दैन । चुनावको वातावरण बिगार्नु पर्दैन । पार्टीको चुनाव जिते झैँ आम चुनाव पनि जिते भइगो’, एमालेका अध्यक्ष केपी ओली लक्षित गर्दै उनले भने ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट