Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

आज मधेश प्रदेशमा सभामुख पदको निर्वाचन हुँदै

आज मधेश प्रदेशमा सभामुख पदको निर्वाचन हुँदै

 काठमाडौं :  मधेश प्रदेश सभामा रिक्त सभामुख पदका लागि आज निर्वाचन हुँदैछ ।पद अनुकुलको आचरण नगरेको भन्दै सातदलीय गठबन्धनले यसअघिका सभामुख रामचन्द्र मण्डललाई गत मंसिर ३ गते दुई तिहाइ बहुमतबाट हटाएपछि नयाँ सभामुख चयन गर्न लागिएको हो ।

मधेश प्रदेश सभामुखका लागि दुई जनाको उम्मेदवारी परेको छ । नेकपा एमालेबाट प्रदेश सांसद त्रिलोकी प्रसाद र सात दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामअशिष यादवले उम्मेदवारी दर्ता गराएका छन् ।आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यतालिका छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट