Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

महाधिवेशनको तालिका हेरफेर गर्ने कांग्रेसको तयारी

महाधिवेशनको तालिका हेरफेर गर्ने कांग्रेसको तयारी

काठमाडौं : नेपाली कांग्रेसले महाधिवेशनको कार्यतालिका हेरफेर गर्ने तयारी गरेको छ। सभापति शेरबहादुर देउवाले कार्यबाहक सभापतिसहितका पदाधिकारीसँग शनिबार महाधिवेशनको कार्यतालिका हेरफेर गर्नेबारे छलफल गरेका थिए।

सभापति देउवासँगको छलफलमा कार्यबाहक सभापति पुर्णबहादुर खड्का, उपसभापति धनराज गुरूङ र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायत सहभागी थिए।

छलफलमा महाधिवेशनको कार्यतालिका हेरफेरका विषयमा छलफल भए पनि कार्यातालिका कसरी हेरफेर गर्ने भन्ने विषयमा भने कुनै टुंगो नलागेको सहभागी एक सदस्यले जानकारी दिए।

केहीदिन पछि कार्यसम्पादन समितिको बैठकले बोलाउने र त्यही बैठकमा कार्याताललिका हेरफेर हुने बताइएको छ।

त्यस्तै विधान संशोधनका लागि विधान संशोधन समिति गठन गर्ने सहमति भएको छ।

त्यस्तै विभिन्न समयमा अनुशासनको कारबाहीमा परेकाको बाँकी अवधि मिनाहा गर्ने पनि सहमति भएको बताइएको छ। कांग्रेसले यही पुस २६ देखि २८ सम्म महाधिवेश गर्ने भने पनि अझै क्रियाशील सदस्यता विवादको टुंगो लगाएको छैन।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट