काठमाडौँ : नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एमाले) पनि निर्वाचनको तयारीमा केन्द्रित भएको टिप्पणी गरेका छन्।शनिवार काठमाडौँमा आयोजित पार्टीको एकता सन्देश सभामा बोल्दै उनले बाहिर जे बोले पनि एमालेले भित्रीरुपमा निर्वाचनको तयारी गरिरहेको जिकिर गरे।
अध्यक्ष दाहालले निर्वाचन मुलुकलाई निकास दिने सबै भन्दा सहजविकल्प भएकाले दोहोरो चरित्र नदेखाई निर्वाचनको प्रक्रियालाई अघि बढाउने काममा एकताबद्ध भएर अघि बढ्न पनि एमालेलाई आग्रह गरे।
उनले नेपाली जनता निर्वाचनको तयारी अवस्थामा अघि बढी रहेको र कांग्रेसले पनि निर्वाचनमा जाने संस्थागत निर्णय गरेकाले अब निर्वाचनलाई सम्पन्न गर्ने काम नै राष्ट्रको मुख्य काम भएको बताए।