काठमाडौं : नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई नेपाली जनताले बहुमत दिनुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभालाई सम्बोधन गर्दै सहसंयोजक नेपालले जनताको सपना साकार पार्ने क्षमताको अग्नि परीक्षा आगामी निर्वाचन हुने उल्लेख गरे । उनले जनताले बहुमत दिएमा पार्टीले इमान्दारिता, देशभक्ति र जनताको भावनाअनुसार शासन सञ्चालन गरेर देखाउने दाबी गरे ।
उनले भने- ‘आगामी चुनावमा जनताले हामीलाई विश्वास गरेर बहुमत दिए भने त्यो हाम्रो अर्को अग्नि परीक्षा हुनेछ। हामी साँच्चै जनताको सपनालाई साकार पार्न इमान्दारिताका साथ अघि बढेका छौँ कि छैनौँ भन्ने प्रमाणित गर्ने अवसर त्यही हुनेछ। एक पटक हामीलाई मौका दिन आग्रह गर्छु ।’
सहसंयोजक नेपालले नेपाली कम्युनिष्ट पार्टीले इमान्दार राजनीति, देश प्रेम र जनसेवाको भावनालाई केन्द्रमा राखेर अघि बढ्ने संकल्प लिएको पनि बताए । पार्टीले अहिलेसम्म लिएको राजनीतिक बाटो जनमुखी र राष्ट्रहितमा केन्द्रित रहेको उनको भनाइ थियो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij