Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

प्रतिनिधिसभा निर्वाचन : कांग्रेस कालीकोटबाट प्रत्यक्षतर्फ ३ जनाको नाम केन्द्रमा

प्रतिनिधिसभा निर्वाचन : कांग्रेस कालीकोटबाट प्रत्यक्षतर्फ ३ जनाको नाम केन्द्रमा

काठमाडौँ : कांग्रेस जिल्ला कार्यसमिति कालीकोटले प्रतिनिधिसभा प्रत्यक्षतर्फको निर्वाचनका लागि तीन जनाको नाम केन्द्रमा पठाएको छ । जिल्ला कार्यसमितिका सभापति अम्बबहादुर शाहीका अनुसार प्रत्यक्षतर्फ भूपेन्द्रजंग शाही, अम्बबहादुर शाही र सीता रावलको नाम सिफारिस गरी प्रदेश कार्यसमितिलाई पठाइएको र प्रदेश कार्यसमितिले पनि तिनै नामलाई केन्द्रमा पठाएको हो ।

त्यस्तै, समानुपातिकतर्फ कालीबहादुर सहकारी, सुशीला शाही बम, मनबहादुर नेपाली सिफारिसमा परेका छन् । राष्ट्रिय सभातर्फ टेकराज शाही र यशोधा शाहीलाई सिफारिस गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट