काठमाडौं : कारागारबाट हिजोमात्रै रिहा भएका रास्वपा सभापति रवि लामिछाने काठमाडौं पुगेका छन् । उनी चितवनमा आयोजना गरिएको सभालाई सम्बोधन गरेर केहीबेर अघि काठमाडौं पुगेका हुन् ।
लामिछानेले आजै जेनजी घाइते र शहीद परिवारलाई भेट्ने कार्यक्रम तय छ । उनी विमानस्थलबाट सोझै जेनजी घाइतेहरूलाई भेट्न जाने उनी निकट नेताहरूले बताएका छन् । त्यस्तै, उनलाई आजै पार्टी कार्यालयमा स्वागत गर्ने कार्यक्रम पनि रहेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij