काठमाडौँ : तुलसीपुर उच्च अदालतको आदेशबमोजिम थुनामुक्त भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज काठमाडौँ फर्किने भएका छन् । रुपन्देहीबाट थुनामुक्त भएसँगै हिजै चितवन पुगेका लामिछाने आज काठमाडौँ फर्किन लागेका हुन् । रास्वपा महामन्त्री कवीन्द्र बुर्लाकोटीले आज १:५० को फ्लाइटबाट लामिछाने काठमाडौँ आउने जानकारी दिए ।
बुर्लाकोटीले सामाजिक सञ्जालमा भनेका छन्– 'सभापतिज्यू आज १ः५० को फ्लाइटबाट काठमाडौँ आउनुहुनेछ । करिब २ः१५ मा काठमाडौँ एयरपोर्टमा स्वागत गर्ने छौँ।'
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij