Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

कारागारबाट छुटेलगत्तै रविको गर्जन : सबैको हिसाब गर्नु छ

कारागारबाट छुटेलगत्तै रविको गर्जन : सबैको हिसाब गर्नु छ

काठमाडौँ : भैरहवास्थित जिल्ला कारगारबाट छुटेका रास्वपाका सभापति रवि लामिछाने न्यायको लडाइँ बाँकी रहेको बताएका छन्।उनले आफूमाथि भएको अन्याय देशमाथि भएको अन्यायको तुलनामा केही पनि नभएको बताउँदै आफूले बोल्ने समय आउने पनि बताए।

उनले हिसाबकिताब गर्न बाँकी रहेको पनि बताएका छन् ।उनले भने, ‘न्यायको यो लडाइँ मेरो बाँकी नै छ, मैले अझ धेरै लड्नु छ र मैले अहिले लड्नुपर्छ लड्न बाँकी छ भनेको मेरा लागि भनेको होइन तपाईंका लागि यो देशको न्यायका लागि लड्नुपर्ने छ भनेको हो ।’

‘यिनीहरूले यो देशमाथि गरेको अन्यायका अगाडि म माथि गरेको अन्याय केही पनि होइन, त्यो सबको हिसाब गर्नुछ। त्यसको हिसाब मिलाएपछि अलि लामो बोलौँला, आजलाई म यति मात्र भन्छु कि हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ।’

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट