Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

रास्वपा सभापति लामिछानेलाई कुर्दै जिल्ला अदालत रुपन्देही

रास्वपा सभापति लामिछानेलाई कुर्दै जिल्ला अदालत रुपन्देही

भैरहवा : चितवन हुँदै सडकमार्गबाट रुपन्देही आइरहेका रास्वपा सभापति रवि लामिछानेकाे कागजी प्रक्रिया पूरा गर्नका लागि जिल्ला अदालत रुपन्देही पर्खाइमा बसेकाे छ ।

काठमाडौंबाट भैरहवास्थित गाैतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलमा हुँदै आउने तय भए पनि खराब माैसमका कारण जहाजको उडान/अवतरण प्रभावित भएकाे थियाे । त्यसपछि काठमाडौंबाट चितवनकाे भरतपुर हुँदै नारायणगढ-बुटवल खण्डबाट जिल्ला अदालत भैरहवा आउन लागेका हुन् ।

जिल्ला अदालतका सूचना अधिकारी पदम अर्यालले जिल्ला अदालतले नै पत्राचार गरेर बाेलाएका कारण शुक्रबार कुरेर भए पनि कागजी प्रक्रिया पूरा गर्नका लागि प्रतीक्षा गरिरहेकाे बताए । धेरै राति नभए शुक्रबार नै सबै प्रक्रिया पूरा गरिने उनले बताए ।

तुलसीपुर उच्च अदालतको आदेशबाट रिहा भएका लामिछाने थुनामुक्त हुने आवश्यक प्रक्रिया पूरा गर्न शुक्रबार जिल्ला अदालत रुपन्देही उपस्थित हुने खबरपछि बिहानैदेखि जिल्ला अदालत परिसर र गाैतमबुद्व विमानस्थल बाहिर कार्यकर्ता प्रतीक्षामा थिए । दिउँसो जिल्ला आउने रुट परिवर्तन भएपछि कार्यकर्ता विमानस्थलबाट अदालत केन्द्रित भएका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट