Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

भैरहवा विमानस्थलमा हुस्सु, काठमाडौँमै रोकिए रवि

भैरहवा विमानस्थलमा हुस्सु, काठमाडौँमै रोकिए रवि

बुटवल : रुपन्देहीको भैरहवा विमानस्थलमा हुस्सु लागेर विमान आउन नसक्दा रास्वपाका सभापति रवि लामिछाने काठमाडौँमै रोकिएका छन् । बिहान साढे ८ बजे नै त्रिभुवन विमानस्थल पुगेका लामिछाने भैरहवा विमानस्थल नखुलेका कारण काठमाडौँमै रोकिएका हुन् ।

फस्ट फ्लाइटमै रुपन्देही ल्याउने तयारी भए पनि विमानस्थलमा हुस्सु लागेका कारणले ढिलाइ भएको लामिछानेका स्वकीय सचिव अविनाश आचार्यले बताए ।

उनले भने, ‘विमानस्थल खुलेपछि आउनुहुन्छ, त्यसपछि जिल्ला अदालत उपस्थित हुनुहुन्छ।’ विमानस्थल खुल्न अझै समय लाग्न सक्ने रुपन्देहीका प्रहरी प्रमुख प्रदीपबहादुर क्षेत्रीले बताए । उनले भने, ‘भिजिवलिटी अहिले निकै कम छ, अब घाम लागेपछि मात्रै खुल्छ ।’ सामान्यता भिजिवलिटी १८ सय हुनुपर्ने भए पनि अहिले जम्मा ३, ४ सय मात्रै रहेको उनले बताए ।

उच्च अदालत बुटवलले हिजो लामिछानेलाई बैंक ग्यारेन्टीमा छाड्ने आदेश दिएको थियो । जिल्ला अदालत रुपन्देहीका सूचना अधिकारी पदम अर्यालका अनुसार लामिछानेले आज निवेदन दिनेछन् । त्यसपछि जम्मा भएको २ करोड ७४ लाख रकम बैंक प्रतिनिधिले बुझ्ने र रविलाई कागज गराएर छाडिने अर्यालले बताए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट