Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

महन्थ ठाकुर भन्छन्– हामी चुनावकै पक्षमा छौं

महन्थ ठाकुर भन्छन्– हामी चुनावकै पक्षमा छौं

काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले आफूहरू चुनावकै पक्षमा रहेको बताएका छन् ।

‘हामी चुनावकै पक्षमा छौं । फागुन २१ मा चुनाव भयो भने चुनावमा भाग लिन्छांै’ ठाकुरले अनलाइनखबरसँग भने । तथापि, प्रतिनिधिसभा विघटनको विषय अदालतमा समेत बिचाराधीन रहेको उल्लेख गर्दै उनी थप्छन्, ‘सर्वोच्च अदालतले कुनै निर्णय गर्‍यो भने त्यसलाई मानेर जान्छौं । अदालतको निर्णय मान्नुको विकल्प त छैन ।’

नेपाली कांग्रेस र नेकपा एमालेले विघटित प्रतिनिधि सभाका बहुमत सदस्यको हस्ताक्षर संकलन गरेर सर्वोच्च अदालतमा पुरक निवेदन लैजाने तयारी गरिरहेको छ । यसमा साथ दिन दुवै दलले साना दलहरूलाई समेत भनेका छन् । लोसपाले प्रष्ट जवाफ दिएको छैन । अदालतमा मुद्दा परिसकेको र त्यसको सुनुवाई समेत अगाडि बढिसकेको अवस्थामा थप निवेदन लैजानेबारे केही गरिरहनुपर्ने हो वा होइन आफैँमा बिचारणीय विषय रहेको अध्यक्ष ठाकुरले बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट