Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

रिहाइ प्रक्रिया पूरा गर्न काठमाडौंबाट रुपन्देही गए रवि

रिहाइ प्रक्रिया पूरा गर्न काठमाडौंबाट रुपन्देही गए रवि

काठमाडौं : रिहाइ प्रक्रिया पूरा गर्न रास्वपा सभापति रवि लामिछाने काठमाडौंबाट रुपन्देही गएका छन् । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा काठमाडौंमा जेलमा रहेका लामिछानेलाई उच्च अदालतले सशर्त रिहा गर्न आदेश दिएपछि उनी आज बिहान हवाईजहाजमार्फत् रुपन्देही गएका हुन् । रविसँगै रास्वपाका केही नेताहरु पनि रुपन्देही गएका छन् ।

रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा मुछिएका रवि आठ महिनादेखि थुनामा छन् । उनले विगो बराबरको रकम धरौटी राखेर रिहा हुन पाउनुपर्ने माग गरेका थिए ।

सो माग बमोजिम उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीशद्वय बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले रविलाई २ करोड ६८ लाख रुपैयाँ जमानतवापत राख्न र त्यो राखेमा थुनामुक्त गर्न विहीबार आदेश दिएको थियो । त्यो वापत उच्च अदालतले थप एक करोड रुपैयाँ धरौटी राख्नसमेत आदेश दिएको छ ।

विहीबार कार्यालय समय सकिइसकेकाले शुक्रबारमात्रै उनको रिहाइको प्रक्रिया सुरु हुनेछ । त्यसका लागि रवि आज काठमाडौंबाट रुपन्देही गएका हुन् । उनलाई भैरहवा कारागारबाट काठमाडौं सारिएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट