काठमाडौँ : नेकपा एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबार बस्दैछ। बैठक दिउँसो १ बजे काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्केटमाबस्ने तय भएको छ। बैठकले पार्टीको आगामी कार्ययोजना, पोलिटब्यूरो तथा स्थायी कमिटी गठन लगायतका सांगठनिक विषयमा छलफल गर्ने पार्टीका एक नेताले जानकारी दिए।
बिहीबार सम्पन्न महाधिवेशनले केपी शर्मा ओलीको अध्यक्षतामा ३०१ सदस्यीय नयाँ केन्द्रीय कमिटी चयन गरेको छ। नवनिर्वाचित पदाधिकारी र सदस्यहरूले बिहीबार नै शपथ लिईसकेका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij