Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

अरनिको राजमार्गकाे ‘ईको’ पहिरो रोकथामका लागि ठेक्का खुलाउन निर्देशन

अरनिको राजमार्गकाे ‘ईको’ पहिरो रोकथामका लागि ठेक्का खुलाउन निर्देशन

काठमाडौँ : भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले अरनिको राजमार्गकाे ‘ईको’ पहिरो रोकथामका लागि तत्काल ठेक्का खुलाउन निर्देशन दिएका छन् । बिहीबार उनले मन्त्रालयका सचिव केशवकुमार शर्मालाई उक्त पहिरो रोकथामका लागि तत्काल ठेक्का आह्वान गर्न निर्देशन दिएका हुन् ।

चालु वर्षमा मनसुनजन्य विपद्का कारण पहिरो जाँदा पटक-पटक उक्त सडक अवरुद्ध भएको थियो । साे सडकखण्डमा यो पहिरो लामो समयदेखि प्रमुख समस्याको रूपमा रहेको छ । उक्त पहिरो रोकथामका लागि पहल नगरेको भन्दै स्थानीयले केहि दिनदेखि अरनिको राजमार्ग अवरुद्ध गरेका छन् ।

स्थानीय जनताबाट अवरुद्ध राजमार्ग खुलाउने विषयमा छलफल गर्दै मन्त्री घिसिङले सचिव शर्मालाई पहिरो रोकथामको टेन्डर प्रक्रिया तुरुन्त सुरु गरी राजमार्ग अवरोध खुलाउन निर्देशन दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट