Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

असफल संविधानलाई टेकेर हुने निर्वाचनले मुलुकलाई निकास दिँदैन : अध्यक्ष लिङ्देन

असफल संविधानलाई टेकेर हुने निर्वाचनले मुलुकलाई निकास दिँदैन : अध्यक्ष लिङ्देन

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले असफल भइसकेको संविधानलाई टेकेर हुने निर्वाचनले मुलुकलाई निकास दिन नसक्ने बताएका छन् । बुधबारदेखि काठमाडौँमा सुरु भएको पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा अध्यक्ष लिङ्देनले जेनजी आन्दोलनपछि बनेको सरकारले यथास्थितिमा गर्न लागेको निर्वाचनले मुलुकलाई निकास नभई थप सङ्कटमा धकेल्ने बताए । उनले वर्तमान सरकारले जेनजीको भावना अनुसार आफ्नो कामलाई अघि बढाउनुपर्नेमा जोड दिए । लिङ्देनले जनताकोबिचमा चरम अलोकप्रिय साबित भएका कारण केहि दलले पार्टीको नाम समेत परिवर्तन गरेको धारणा राखे ।

अहिलेको अवस्थामा जनताले विश्वास गरेको पार्टी राप्रपा मात्रै रहेकाले राप्रपाको काम चुनाव जित्नेमात्रै नभई देशलाई दीर्घकालीन द्वन्द्वमा जानबाट रोक्ने जिम्मेवारी पार्टीको काँधमा आएको अध्यक्ष लिङ्देनले बताए । आफूले पार्टीको हितविपरीत कुनै पनि काम नगरेको भन्दै उनले पार्टीभित्र विवाद देखिएजस्तो सन्देश बाहिर जान नहुनेमा जोड दिए । पार्टीभित्रका असहमतिलाई महाधिवेशनमार्फत समाधान गर्न सकिने समेत उनले बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट